Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बादलसहितका २३ नेता माओवादी केन्द्रको कारवाहीमा

    बादलसहितका २३ नेता माओवादी केन्द्रको कारवाहीमा

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा लागेका आफ्नो पार्टीका नेतामाथि कारवाहीको प्रकृया सुरु गरेको छ।

    आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले कारवाहीको तयारी सुरु गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    यसअघि शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
    सोही निर्णयअनुसार पार्टीले आज कारवाहीको निर्णय गर्ने श्रेष्ठले जानकारी दिए।



    सरकारमा माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।

    त्यस्तै, आजको बैठकमा सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताईएको छ।

    सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो । तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपूर्व २०७५ जेठमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार