Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्याङ्जामा ९४ वर्षीय वृद्ध बलात्कारको आरोपमा पक्राउ

    स्याङ्जामा ९४ वर्षीय वृद्ध बलात्कारको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    वालिङ।  ९४ वर्षीय एक वृद्ध बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती रहेका छन् । उनलाई सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।



    गत फागुन २१ गते युवतीका दाजुले जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई पक्राउ गरेका थिए ।



    प्रहरीले घटनाको भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर भने ल्याएको थिएन ।

    जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार ‘उहाँले आरोप स्विकार्नुभयो, यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर कानुनी रूपमा अगाडि बढाए पनि सार्वजनिक गरिएको भने थिएन ।

    घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो ।

    पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार