Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतमा नेपाली महिलाको गोली हानी हत्या

    भारतमा नेपाली महिलाको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 3.7K
    SHARES

    नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

    नुवाकोट घर भएकी ४५ वर्षीय मिना तामाङलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।



    बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।



    गोली लागि घाइते भएकी तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । लुटेराहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल गर्दै आएकी थिइन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार