Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गर्ने एक विदेशीसहित दुई पक्राउ

    ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गर्ने एक विदेशीसहित दुई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा घर भई काठमाडौं नयाँबजार बस्ने ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका नागरिक इजोर कुटश रहेको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए। उनीहरुलाई काठमाडौँ नयाँ बजारबाट पक्राउ गरेको हो ।



    आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत हुन् । सप्लायर्सका संचालक आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै यसको नियमित सेवन गरे शरीरलाई फाइदा हुने भन्दै भ्रमपूर्ण विज्ञापन गरेका थिए ।



    ग्रीन कफी खाएपछि विना औषधी, व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, सामाजिक सञ्जालको पेजमा राखेर प्रचारप्रसार गरेर भ्रामक सूचना फैलाई बिक्री वितरण गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

     

    उनीहरुको साथबाट प्रहरीले १२ वटा बोरामा राखिएकोे हरियो कफी ६४४ केजी, बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको हरियो कफी २८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।

    यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैया र २ थान मोवाइल बरामद गरेको हो ।

    उनीहरुले ग्रीन कफी प्रतिकेजी ९६०मा नेपालको विभिन्न भागबाट खरिद गरी प्रतिकेजी २० हजार देखि ४० हजार सम्म नेपालकै विभिन्न भागमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    सिआईबी प्रमुख डिआइजी  थापाका अनुसार उनीहरुको नेटवर्क धन्दा भारत र रसियामा समेत रहेको खुल्न आएको छ । सप्लायर्सको कार्यालय र गोदामबाट कानुन बमोजिम अनुमति समेत नलिएको सप्लिमेन्टहरु बरामद भएको छ ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको सिआईबी प्रमुख थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार