Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ 

    जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ 

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    ललितपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ खुमल्टारस्थित गेष्ट हाउस बस्ने जुम्ला पाटारासी गाउँपालिका-६ घोडासिंह घर भएका १९ वर्षीय धिरेन्द्र रोकाया र कैलाली गौरीगंगा गाउँपालिका-८ समारीपुर घर भएका २६ वर्षीय सिताराम चौधरी रहेका छन् ।



    उनीहरुले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 



    झापा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० सुगम टोल बस्ने ४७ वर्षीय ईन्द्र बहादुर राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    राईले ती बालिकालाई गत फागुन २९ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार