Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिआईबीद्वारा ६१ लाख जरिवाना भएका बैंकिङ् मुद्धाका फरार अभियुक्त पक्राउ

    सिआईबीद्वारा ६१ लाख जरिवाना भएका बैंकिङ् मुद्धाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एकजनालाई पक्राउ गरेको छ।

    सिआईबीको टोलीले खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१५ का बरुण ढकाललाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए ।



    पक्राउ परेका उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।



    डिआइजी थापाका अनुसार पक्राउ परेका ढकालले गत चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएका थिए।

    पक्राउ परेका तामाङ्गलाई यसअघि नै बैंकिङ् कसूर तथा सजाय ऐन बमोजिम सजाय हुने फैसला भएको सिआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार