Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेदरल्याण्ड्सद्धारा नेपाललाई १३७ रनको लक्ष्य

    नेदरल्याण्ड्सद्धारा नेपाललाई १३७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीमा आजदेखि सुरू भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पाहुना टोली नेदरल्याण्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ।

    आजदेखि सुरु भएको ट्राइ नेसन सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको हो ।



    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको हो ।



    नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बताए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरे ।

    अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले १र१ विकेट लिए ।

    बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे। त्यस्तै, साहब आलम र सोमपाल कामीले एकरएक विकेट लिए।

    खराब सुरूआत गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो।

    टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए।

    उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लुको धरापमा पारे।

    त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो। आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए।

    १४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेट गुम्यो। ३० रनमा खेलिरहेका इड्वार्ड साहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन्।

    अर्को शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स, मलेसिया सहभागी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार