Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आइपिएल : पञ्जाब नौ विकेटले विजयी

    आइपिएल : पञ्जाब नौ विकेटले विजयी

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा खेलमा पञ्जाब किंग्स विजयी भएको छ।

    चेन्नईमा भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको हो । एक सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर चार बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो ।



    पञ्जाबका लागि कप्तान केएल राहुलले ५२ बलमा अविजित ६०, क्रिस गेलले ३५ बलमा अविजित ४३ तथा मयंक अग्रवालले २० बलमा २५ रन बनाए ।



    यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ५२ बलमा ६३ तथा सूर्यकुमार यादवले २७ बलमा ३३ रन बनाए पनि पर्याप्त भएन ।

    खेलपछि पाँच खेलबाट समान चार अंकसहित मुम्बई चौथो तथा पञ्जाब पाँचौँ स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार