Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बाँकेमा कोरोना कहर, १८० संक्रमितको मृत्यु

    बाँकेमा कोरोना कहर, १८० संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3K
    SHARES

    नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। बाँकेमा पछिल्लो २४ घण्टाको अन्तरालमा मात्र कोरोना थप तीन संक्रमितको मृत्यु भएको छ । एक संक्रमितले आत्महत्या गरेका छन् ।

    कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । कोहलपुर–९ का ६० वर्षीय बमबहादुर खत्रीले आत्महत्या गरेका हुन् ।



    मेडिकल कलेज कोहलपुरमा ३६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । उनको वैशाख १० गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।



    यसैगरी बाँकेको खजुरा–३ की ४७ वर्षीया महिलाको शनिबार राति भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनी वैशाख १ गते अस्पताल भर्ना भएकी थिइन् ।

    भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

    बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार