Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जुवाडेको पैसा लुकाउने एसपीलाई डिआइजीले जोगाए !

    जुवाडेको पैसा लुकाउने एसपीलाई डिआइजीले जोगाए !

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 5.4K
    SHARES

    काठमाडौं । अनियमितता प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका केही सिनियर अधिकृतलाई हदैसम्मको कारबाही हुने गरेको छ । करिअर नै ध्वस्त हुने गरी उनीहरुलाई कारबाही गर्न लागिएको मुख्यालय स्रोतले जानकारी दिएको छ ।

    कर्णालीको ट्राफिक प्रहरीमा अनियमितता गरेको अभियोगमा निलम्बनमा रहेका एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले कडा कारबाही गर्न लागेको हो । गत १७ मंसिरमा उनीहरु निलम्बनमा परेका थिए । उनीहरुको कारबाही यही हप्ता टुंगो लाग्दैछ ।



    कर्णालीमा उनीहरुले मातहतसँग रेट नै तोकेर पैसा उठाउने गरेका थिए । सरुवामा समेत पैसा माग्ने गरेका थिए । छानबिनको क्रममा संगठित भ्रष्टाचार गरेको पुष्टि भएपछि उनीहरुलाई ६/७ ग्रेड घटुवा गर्न लागिएको हो । जसअनुसार उनीहरु आफुभन्दा बढुवा ६/७ वर्ष पछि पर्ने छ । नेपाली सेनाले यस्ता अनियमिततामा संलग्नलाई बर्खास्त नै गरिरहेको छ । नेपाल प्रहरीले पनि त्यही बाटो समाउन लागेको छ ।



    उता, डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबहादुर चौधरीलाई कारबाही गर्न लागिएको छ । उनी पनि हाल निलम्बनमै छन् ।

    अनियमितताकै आरोपमा सिन्धुलीबाट हटाइएका एसपी आभूषण तिमल्सिनालाई भने कारबाही गरिएको छैन । त्यस्तै जुवाडेको पैसा लुकाएको पुष्टि हुँदा पनि गोरखाका तत्कालिन एसपी सुरेन्द्र गुरुङलाई पनि प्रदेशका डिआइजी घनश्याम अर्यालले जोगाएका छन् ।

    उता, डिआइजी सरुवामा चर्को विवाद देखिएको छ । सातै प्रदेशका डिआइजी हेरफेर हुने समय भएको छ । सात प्रदेशमा १२ डिआइजीबीच प्रतिस्पर्धा रहेकाले सरकारले सरुवाको सकस देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली क्षमता भन्दा पनि आफुले भनेको मान्नेलाई मात्र प्रदेश पठाउने ‘मुड’मा छन् । दृष्‍टि साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार