Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ‘ओलीले विश्वासको मत लिनु लोकतन्त्रमाथिको निर्मम प्रहार हो, चेतना भया !’

    ‘ओलीले विश्वासको मत लिनु लोकतन्त्रमाथिको निर्मम प्रहार हो, चेतना भया !’

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको बताएका छन् ।

    आइतबार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छिन् ।



    उक्त सूचना जारी भएलगत्तै उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत् प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने काम हुने भन्दै खण्डन गरेका छन्।



    ट्वीटरमा उनले लेखेका छन्, ‘प्रमं केपीले संविधानको धारा ९३(१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ।यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो।सबैमा चेतना भया!’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार