Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्रीले दावी गर्दै भने- अक्सिजन, सिलिन्डर र भेन्टिलेटर कमी हुन दिएका छैनौँ

    प्रधानमन्त्रीले दावी गर्दै भने- अक्सिजन, सिलिन्डर र भेन्टिलेटर कमी हुन दिएका छैनौँ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गरिरहेको पुन: दावी गरेका छन् ।

    आज झापा जिल्लाको दमकस्थित दमक बहुमुखी क्याम्पस भवनको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोनाविरुद्ध प्रभावकारी काम गरिरहेको पुन दाबी गरेका हुन् ।



    ‘अहिले नेपालमा अक्सिजन, अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत सामग्री पर्याप्त व्यवस्था रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोरोनाले एउटा राष्ट्र वा भूगोलको मात्र हाेइन, विश्वलाई नै आक्रान्त बनाएको छ । धनी, गरिब, ठूला, साना नभनी सबैलाई आक्रान्त बनाएको छ ।’



    त्यस्तै, प्रधानमन्त्री ओलीले अघि भने, ‘हामी सबैसँग हातेमालो गरेर अघि बढेका छौँ । सरकार कोरोनाविरुद्ध सरकारले प्रभावकारी ढंगले लडिरहेको छ,अक्सिजन र सिलिन्डर भेन्टिलेटरको कमी थियो । पूरा गरेका छौँ ।’

    प्रधानमन्त्री ओलीले सरकारले अहिले कोरोना संक्रमणबाट मृत्युदर र संक्रमण दर घटाएको दाबी गर्दै भने,’कोरोना संक्रमण नियन्त्रणमा प्रत्येक नागरिक सिपाही बन्ने र सबैमा सचेत हुन आग्रह गर्दै उनले भने कोरोना महामारीसँगै सरकारले विकास निर्माणको काम पनि अघि बढारहेको छ, ‘विकासको मार्गमा सरकार अघि बढेको छ,’ ओलीले भने, ‘कोभिडविरुद्ध लड्ने काममा कमी हुन नदिईकन हामी विकास निर्माणको काम गरिरहेका छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार