Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बालुवाटारमा केपी ओली र कमल थापाबीच गोप्य वार्ता, सरकारमा जाने संकेत !

    बालुवाटारमा केपी ओली र कमल थापाबीच गोप्य वार्ता, सरकारमा जाने संकेत !

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ। गत जेठ १० गते बिहान प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका अध्यक्ष थापा र प्रधानमन्त्री ओलीबीच गोप्य भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।

    प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित बनेका प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राप्रपाका अध्यक्ष थापालाई भेट्नुलाई चासोको साथ् हेरिएको छ। पछिल्लो समय गत जेठ ६ गते बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको एक पदमा भएको उपनिर्वाचनमा कमल थापाकै जोडबलमा राप्रपाले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई सघाएको थियो । पार्टीमा बृहद छलफल नगरी एमालेलाई सघाएको भन्दै राप्रपाको कार्यकर्ता तहबाट विरोधसमेत भएको थियो ।



    पार्टी विभाजन हुँदै राजनीतिकरुपमा कमजोर धरातलमा पुगेका ओलीले अन्तिम अश्रका रुपमा चुनावमा हिन्दु राष्ट्रको एजेण्डा ल्याउन सक्ने टीकाटिप्पणी समेत हुँदै आएको छ । ओली–थापा एजेण्डाका हिसावले दुई किनारामा रहे पनि विगतका उदाहरण र पछिल्लो क्रियाकलापले उनीहरुबीच ‘पोलिटिकल रिलेशसन’ अचम्मलाग्दो देखाएको बेला सरकारमा जान सक्ने बताइएको छ।



    राप्रपाका अध्यक्ष थापाले ओलीले प्रतिनिधिसभा विघटन गरेर राम्रो गरेको बताउँदै आएका छन् । पछिल्लो समय प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जानुपर्ने पक्षमा रहेका थापाले जेठ ८ गते अबको कार्यभार भन्दै ट्वीटरमा भनेका थिए, ‘स्वास्थ संकटकाल घोषणा गर्ने, सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने, आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने, चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने ।’

    यसअघि प्रधानमन्त्री ओलीले जसपा संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि गोप्य भेटवार्ता गरेको नेकपा एमालेका नेता एवं अध्यक्ष ओलीनिकट महेश बस्नेतले बताएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार