Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उत्तर कोरियामा दक्षिण कोरियाली फिल्महरू बेचेको भन्दै एक जनालाई गोली हानियो

    उत्तर कोरियामा दक्षिण कोरियाली फिल्महरू बेचेको भन्दै एक जनालाई गोली हानियो

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    एजेन्सी। उत्तर कोरियामा एक व्यक्तिलाई समाजवाद विरोधी भन्दै मृत्युदण्ड दिइएको  छ ।

    वन्सान फार्मिङ म्यानेजमेन्ट कमिसनमा प्रमुख इन्जिनियरका रुपमा कार्यरत लि नाम गरेका व्यक्तिलाई दक्षिण कोरियाली फिल्म र संगीतको अवैध बिक्री–वितरण गरेकोमा गुप्तचरहरुले पक्राउ परेका थिए  । दक्षिण कोरियाबाट सञ्चालित डेली एनके सञ्चारमाध्यमका अनुसार यी व्यक्तिबाट दक्षिण कोरियाली फिल्म र संगीतहरु लोड गरिएका डिभाईस बरामद गरिएको थियो ।



    ‘लिले मृत्युदण्डअघि आफ्नो अपराध स्विकार गरेको बताइएको छ । उनले ५ डलरमा सिडी र १२ डलरमा युएसभी स्टिक्स बेचेको बताएका थिए,’ उत्तर कोरियाबारे केन्द्रीत रहेर समाचार प्रकाशित गर्ने डेली एनकेले जनाएको छ ।



    लिलाई अप्रिलको अन्त्यमा श्रीमती, छोरी र छोरासहित ५ सय व्यक्तिहरु साक्षी राखेर गोली हानेर मारिएको थियो । उनकै परिवारका सदस्यहरु पनि साक्षी थिए । ‘जब लिकी विक्षिप्त श्रीमतीलाई चारजना सुरक्षा गार्डले लगेज फ्याँकेजसरी कार्गो भ्यानमा फ्याँके । तब, आफन्त र छिमेकीको आँखामा आँशु छल्किएको थियो । तर उनीहरुले मुख बन्द गर्नुपर्ने र शान्त बस्नुपर्ने बाध्यता थियो । किनकी, कुनै प्रतिक्रिया देखाउँदा उनीहरुविरुद्ध पनि आपराधिक कानून लाग्थ्यो ।’

    गत वर्ष लागु गरिएको ‘एन्टी(रियाक्सनरी थट कानून’ अन्तर्गत समाजवादविरोधी कार्यका लागि दोषी पाइएकाले उनलाई गोली हानिएको हो । ‘ग्याङवन प्रान्तमा समाजवाद विरोधी कार्यका लागि यो पहिलो मृत्युदण्ड हो,’ अधिकारीहरुले जारी गरेको र डेली एनकेले रिप्रिन्ट गरेको विज्ञप्तिमा उल्लेख छ,‘विगतमा लिजस्ता मानिसहरुलाई श्रम शिविरमा लगिन्थ्यों । समाजवाद विरोधी कार्यका लागि हल्का सजाय हुन्छ भन्ने ठान्नु तपाईको ठूलो भूल हुनेछ । हाम्रो समाजवाद ध्वस्त गर्ने प्रयासमा रहेका मानिसहरुलाई यस्तो प्रतिक्रियावादी हर्कतले सहयोग गर्छ । हाम्रो समाजमा भय बिना प्रतिक्रियाहरु बाँच्न पाउँदैनन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार