Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बोल्दा-बोल्दै लफडामा फसे मन्त्री मनाङे , साइबर क्राइममा पक्राउ पर्न सक्ने

    बोल्दा-बोल्दै लफडामा फसे मन्त्री मनाङे , साइबर क्राइममा पक्राउ पर्न सक्ने

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 9.1K
    SHARES

    काठमाडौं। गण्डकी प्रदेशका बिबादास्पद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) माथि कडा कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले माग गरेको छ । राखेपले आफ्ना  सदस्य सचिव रमेश सिलवालका सम्बन्धमा  मनाङेले ‘अराजक एवं अशिष्ट’ अभिव्यक्ति दिएको भन्दै खेद प्रकट गरेको छ ।

    राखेपले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले सदस्य–सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति दिएको भन्दै  उनीमाथि प्रचलित कानून बमोजिम कारबाहीको माग गरेको छ ।



    मनाङेले उक्त बिबादास्पद अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी नमागे उनीबिरुद्द साइबर क्राइममा प्रहरीमा जाहेरी दिने तयारी भएको राखेपका एक पदाधिकारीले वताए। मनाङेबिरुद्द प्रहरीमा जाहेरी परेको खण्डमा  के  निहुँ पाउ भनेर बसेको सरकारले उनलाई पक्राउ गरी कानूनी कारवाही गर्ने संभावना छ ।



    किनकी मनाङेकै कारण गण्डकी प्रदेशमा सरकार ढलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो धक्का लागेको छ।

    राखेपको विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैँमा खेदजनक रहेको छ ।  खेलकुदको विकास र विस्तारमा अनवरत लागिरहेका सदस्य–सचिव सिलवाल र सदस्य राजेश गुरुङमाथि यस्तो अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसुस भएको छ ।’

    राखेपले मनाङेको अभिव्यक्तिले नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गरेको छ ।

    मन्त्री गुरुङले पत्रकारहरूसँग कुरा गर्दै राखेपका सदस्य सचिव सिलवालमाथि मदिरा र यौनको आरोप लगाएका थिए ।

    मन्त्री गुरुङले सिलवालका लागि ‘रक्सी र केटी’ को व्यवस्था मिलाउने काम ‘मोटे’ले गरेको आरोप लगाएका थिए ।

    मन्त्री गुरुङले भनेका थिए, ‘ सिलवाल र मोटे जत्तिका ठग मान्छे त मैले देखेकै छैन, उनीहरूको सम्बन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने विचरा । अब सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला । प्रोबलम त होला । यो फेरि हाँस्ने कुरा होइन यो । यो फ्याक्ट नै हो ।’

    परिषद्ले मन्त्री गुरुङको अभिव्यक्तिको भर्त्सना गर्दै उनीमाथि प्रचलित कानून बमोजिम कारबाही गर्न समेत माग गरेको छ । यता मनाङे निकट स्रोतले भने  माफी माग्ने कुरालाई उनले इन्कार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार