Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • युरोकप : जर्मनीको आत्मघाती गोलले फ्रान्स विजयी

    युरोकप : जर्मनीको आत्मघाती गोलले फ्रान्स विजयी

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा जर्मनीले आत्मघाती गोल गर्दा फ्रान्स १–० गोलले विजयी भयो ।

    खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त बन्यो । खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएन ।



    खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो । खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो ।



    समूह एफमा पोर्चुगल शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार