Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चितवनका एसपी सवार गाडीलाई ट्रकले ठक्कर दिंदा एसपीसहित ६ प्रहरी घाईते

    चितवनका एसपी सवार गाडीलाई ट्रकले ठक्कर दिंदा एसपीसहित ६ प्रहरी घाईते

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 3.2K
    SHARES

    चितवन । बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमनमा गएका चितवनका प्रहरी प्रमुख एसपीसहित ६ जना प्रहरी चढेको गाडिलाई मालवाहक ट्रक्रले ठक्कर दिएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरि फर्कने क्रममा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी सवार गाडीलाई मुग्लिन खडक खण्डको गाईघाटमा मालवाहक ट्रकले ठक्कर दिएको हो ।

    ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिएको हो ।



    मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै रहेको जानकारी गराउँदै सिडिओ लामिछानेले भने–‘मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौं एसपी सा’बको गाडी अगाडी थियो, एक्कासी ट्रकले हान्यो, धन्य केहि भएन ।’



    घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरीले जनाएको छ । बाँकी ५ जना प्रहरीहरुको कसैको टाउको, कसैको हात तथा कसैको गोडामा चोट लागेको छ । घाईते प्रहरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

    ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ भने ठक्कर दिने गाडी र चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तस्विर : राजेन्द्र आचार्य (चितवन)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार