Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

    एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्।

    लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य २ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।



    शुक्रबार भक्तपुरको जडीबुटी एरियाबाट पक्राउ परेका कार्कीको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर खैरो हेरोइन बरामद भएको ब्यूरोका एक अधिकारीले वताए। ।



    महानगरीय प्रहरी वृत्त गौशाला दरबन्दी भएपनि विगत सात वर्षदेखि विमानस्थलमा घुमुवाको रुपमा कार्यरत कार्की आफैं लागूऔषध सेवनकर्ता रहेको खुलेको अनुसन्धानका क्रममा खुलेको स्रोतको भनाइ छ ।

    लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुविरुद्ध लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको  जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार