Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संसद विघटन मुद्दा : रिट निवेदक पक्षको बहस सकिने, सरकारी पक्षले बहस थाल्ने

    संसद विघटन मुद्दा : रिट निवेदक पक्षको बहस सकिने, सरकारी पक्षले बहस थाल्ने

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिँदै छ । सरकारी पक्षले भने आफ्नो बहस आजदेखि थाल्ने भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।



    सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।



    आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ । विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ ।
    आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुनेछ । संवैधानिक इजलासमा यही असार ९ गतेबाट विषयकेन्द्रित वहस भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार