Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक, निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी

    उपत्यकाका सीडीओहरुको बैठक, निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ ।

    पछिल्लो साता निषेधाज्ञालाई केही खुकुलो गरिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।



    आज बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई कडाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको बताइएको छ।



    उच्च स्तरीय स्रोतका अनुसार उपत्यकामा कोरोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भयवह हुन सक्ने र थप एक साता भने निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको छ । आज तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने बताइएको छ।

    पछिल्लो साता निजी सवारीमा जोर/बिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने बन्देज अवस्थामा छन् । यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न दिनहुँ यातायात व्यवसायीको माग आइरहेको सीडीओहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार