Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं उपत्यकाको निषेधाज्ञा हट्यो, हेर्नुहोस् के-के खुले ?

    काठमाडौं उपत्यकाको निषेधाज्ञा हट्यो, हेर्नुहोस् के-के खुले ?

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौं उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का तीन वटै जिल्ला प्रशासन कार्यालयले बिगत ५ महिनादेखि जारी रहेको निषेधाज्ञा हटाएको छ ।

    बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञाको ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्।



    काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीका अनुसार ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने छन्। ‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं, सीडीओ पराजुलीले भने, ‘स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं।’



    यस्तै, बैठकले  भौतिक उपस्थितिमा पठनपाठन नगर्न भने पनि गर्नै पर्ने अवस्थामा कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने निर्णय गरेको छ।

    यसैगरी पसल, रेष्टुरेन्ट, होटललगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।

    यस्तो छ बैठकपछि जारी गरिएको आदेश :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार