Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • के कोभिसिल्डको नक्कली खोप नेपाली बजारमा बिक्री भइरहेको छ ?

    के कोभिसिल्डको नक्कली खोप नेपाली बजारमा बिक्री भइरहेको छ ?

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौ ।  राष्ट्रिय उपभोक्ता मञ्चले नेपालमा कोरोना बिरुद्धको कोभिसिल्डको नक्कली खोप बिक्री भइरहेको भन्दै छानविनको माग गरेको छ।  राष्ट्रिय उपभोक्ता मञ्चले आफुलाई खोप अभावको मौका छोपेर कोभिसिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा बिक्री भएको  सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

    मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोभिसिल्डको खोप भन्दै लुकीछिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको उल्लेख गरेका छन्। ।



    विज्ञप्तिमा भनिएको छ, ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिसिल्डको बजारमा बिक्री भईरहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।’



    जनताको जनस्वास्थ्य माथि खेलवाड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा कारबाही गर्न पनि  पनि उनले माग गरेका छन् ।  यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  बिभागले आधिकारीक रुपमा केही बोलेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार