Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इटली र स्पेन युरो कपको सेमिफाइनलमा

    इटली र स्पेन युरो कपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । इटली र स्पेन युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका क्वाटरफाइनलका खेलमा इटलीले बेल्जियमलाई तथा स्पेनले स्विटजरल्याण्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

    गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा इटलीले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।



    जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।



    यस्तै स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो । गएराति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

    खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका फ्रियुलर रेड कार्ड पाउँदै मैदान बाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो ।

    खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । स्विट्जरल्यान्डको लगातार तीन पेनाल्टी स्पेनका गोलकीपरले रोकेपछि हार बेहोरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार