Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    आज बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेको शितल निवास स्रोतले जनाएको छ ।



    स्रोतका अनुसार प्रधानमन्त्री ओली १० बजे शितलनिवास पुगेका थिए ।



    ‘राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको यो नियमति भेट हो,’ शितल निवास स्रोतले भन्यो, ‘समसामयिक विषयमा उहाँहरुबीच परामर्श भएको हो।’

    राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै दुई घण्टा छलफल भएको स्रोतले बताएको छ। यद्यपि भेटमा भएको कुराकानी भने बाहिर आइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार