Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आयरल्यान्डसितको खेलमा दक्षिण अफ्रिका ७० रनले विजयी

    आयरल्यान्डसितको खेलमा दक्षिण अफ्रिका ७० रनले विजयी

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकाले अन्तिम एकदिवसीय क्रिकेटमा आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ।

    डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई जितका लागि ३४७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै २७६ रन बनायो।



    आयरल्यान्डका लागि सीमी सिंहले अविजित एक सय रनको शतकीय इनिङ्स खेले । कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय पारी खेले । ह्यारी टेक्टरले २९ रन बनाए ।



    दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले तीन तीन विकेट लिए । केशव महाराजले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३४६ रन बनाएको थियो ।

    आयरल्यान्डका जोश लिटलले २ विकेट लिए । दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको सिरीज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

    दोस्रो खेलमा आयरल्यान्ड ४३ रनले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार