Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा-प्रचण्डबीच भेटवार्ता

    ओली सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति

    ओली सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुबीच ओली सरकारद्वारा असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।



    यस्तै स्रोतका अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारमा दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि छलफल भएको छ ।



    यसअघि आज बिहान अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कोटेश्वरमा छलफल गरेका थिए ।

    स्रोतका अनुसार उक्त छलफलमासमेत ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको नेपालनिकट स्रोतले बताएको छ ।

    पछिल्लो समय ओली नेतृत्वको सरकारले झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो । जसमा संबैधानिक परिषदसम्बन्धी अध्यादेश राजदूत नियुक्तका निर्णयहरु यसअघि नै खारेज भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार