Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ३ हजार नाघे कोरोना संक्रमित, २,१९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

    ३ हजार नाघे कोरोना संक्रमित, २,१९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।



    हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।



    त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ । हालसम्म देशभर ३५ लाख २८ हजार ५१४ नमुनाको पीसीआर परीक्षण भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार