Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दोस्रो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिज विजयी

    दोस्रो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिज विजयी

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 3.2K
    SHARES

    एजेन्सी । दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई हराएको छ ।

    वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो । जितसँगै तीन खेलको श्रृङ्खलामा दुवैले एक एकको बराबरी गरेका छन् । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।



    वेस्ट इन्डिजका निकोलस पुरनले अविजित ५९ रन तथा जोशन होल्डरले ५२ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा एडम जाम्पाले २ विकेट लिए ।



    यसअघि वेस अगरको ४१ तथा म्याथ्यु वेड र एडम जाम्पाको समान ३६ रनको मद्दतमा अस्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १८७ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका एल्जरी जोसेप र अकिल हुसेनले तीन तीन तथा सेल्ड्रोन कोट्रेलले २ विकेट लिए । बिहीवारका लागि तय भएको दोस्रो एकदिवसीय टस भइसकेको अवस्थामा स्थगित भएको थियो ।

    पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डीएल पद्धतिका आधारमा १३३ रनले हराएको थियो। आज रातिका लागि तय भएको तेस्रो एकदिवसीय भने अब मङ्गलवार बिहान हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार