Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टोकियो ओलम्पिकमा पौडीका एलेक्सले आज प्रतिस्पर्धा गर्दै

    टोकियो ओलम्पिकमा पौडीका एलेक्सले आज प्रतिस्पर्धा गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।

    टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन् । एलेक्स लेन नम्बर ६ मा छन् ।



    एलेक्सको स्पर्धा नेपाली समय अनुसार अपौने चार बजे रहेको छ । १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानधारी एलेक्सको टोकियो ओलम्पिकमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्ने लक्ष्य राखेका छन् ।



    एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक शुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार