Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टोकियो ओलम्पिक : पौडीका एलेक्सद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भंग

    टोकियो ओलम्पिक : पौडीका एलेक्सद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भंग

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आफ्नै राष्ट्रिय कीर्तिमान भंग गरेका छन् ।

    पुरुष १०० मिटर फ्रिस्टाइलमा उनी आफ्नो हिटमा पहिलो भएपनि अर्को चरणमा भने पुग्न सकेनन् । शाह निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गर्दै आफ्नो हिटमा पहिलो भए ।



    यसअघि उनको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए ।



    शाह सहभागी हिटमा कोसोभोका खेलाडी दोस्रो, प्यालेस्टाइनका तेस्रो, गुएनाका चांैथो, भुटानका पाँचौ, माल्दिभ्सका छैटौँ र सोलोमन आइल्यान्डका खेलाडी सातौँ भए । पुरुष १०० मिटर फ्रिस्टाइलमा ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    नेपालका शाह ५९औँ स्थानमा रहे । पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा आज प्रतिस्पर्धा गर्नेछिन् ।

    नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तिमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।

    परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा अब पौडीकी सिंहका साथै एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार