Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना अपडेट

    २,६२४ संक्रमित थपिदा जम्मा १,३२० जना संक्रमणमुक्त, २० जनाको मृत्यु

    २,६२४ संक्रमित थपिदा जम्मा १,३२० जना संक्रमणमुक्त, २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने जम्मा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोही अवधिमा कोरोनाका कराण थप २० जनाले ज्यान गुमाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।



    मन्त्रालयका अनुसार हालसम्म ८ लाख ५ हजार १९० जना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ । त्यसैगरी हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार २५९ पुगेको छ।



    संक्रमित हुनेमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका बढि रहेका छन् । २४ घण्टामा २१ –३० वर्ष उमेरसमूहका ४७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३१–४० वर्ष उमेरसमूहका ४५१ जनामा संक्रमण देखिएको छ ।
    आज काठमाडौं उपत्यकामा ७९५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमितको संख्या भने ३९ हजार ४०५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार