Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • झम्सिखेलबाट युवतीसहित पक्राउ परेका भीआईपी व्यापारी छाड्ने तयारी

    झम्सिखेलबाट युवतीसहित पक्राउ परेका भीआईपी व्यापारी छाड्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 6.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुरको झम्सिखेलबाट एक भीआईपी व्यापारीसहित  ७ जनालाई वेश्यावृत्तिको आरोपमा पक्राउ गरेको छ।

    पक्राउ पर्नेमध्ये एक जना धनाढ्य व्यापारी राजेश अग्रवाल रहेको खुलेको छ।



    मंगलबार दिउँसो परिसरबाट खटिएको प्रहरीको टोलीले ३ जना पुरूष र ४ जना युवतीलाई नियन्त्रणमा लिएको हो ।



    प्रहरीका अनुसार झम्सिखेलको एक घरमा वेश्यावृत्ति भइरहेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो । घर भाडामा लिएर कोठी चलाएको आरोपमा प्रहरीले छापा हानेको ललितपुर प्रहरी स्रोतले बताएको छ।

    पक्राउ परेका अग्रवाललाई छाड्न  नेपाल प्रहरीकै एक एआईजीले दबाब दिइरहेको बुझिएको छ।

    यद्यपि एसएसपी किरण बज्राचार्यका अनुसार पक्राउ परेकाहरुलाई केही बेरमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने तयारी भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार