Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल–भारतबीचको मैत्रीपूर्ण खेल जारी, स्पष्ट जित हाँसिल गर्ने दुवै टोलीको दाउ

    नेपाल–भारतबीचको मैत्रीपूर्ण खेल जारी, स्पष्ट जित हाँसिल गर्ने दुवै टोलीको दाउ

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल–भारतबीचको मैत्रीपुर्ण दोस्रो खेल दशरथ रगंशालामा शुरु भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु भएको हो । यसअघिको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो। जसमा नेपालका लागि अन्जन बिष्टले गोल गरेका थिए।



     यस्तो छ आजको खेलमा नेपालको प्लेइङ्ग ११:-



    गोलकिपर : किरण चेम्जोङ (कप्तान)

    डिफेन्डर : अनन्त तामाङ, गौतम श्रेष्ठ, , दिनेश राजबंशी, पुजन राजबंशी

    मिडफिल्ड: सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान

    फरवार्ड : नवयुग श्रेष्ठ

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६सम्म आयोजना हुनेछ ।

    एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार