Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौँमा अवैध रुपमा क्यान्सरको औषधि बिक्री गर्ने पक्राउ

    काठमाडौँमा अवैध रुपमा क्यान्सरको औषधि बिक्री गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गर्ने गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज घर भइ काठमाडौंकै गोल्फुटार बस्दै आएका १९ वर्षीय प्रवल भण्डारी छन्। भण्डारीलाई महाशाखाको टोलीले गोल्फुटारबाट पक्राउ गरेको हो ।



    बुढानीलकण्ठ–गोल्फुटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु अवैध रुपमा बिक्री गर्दै आइरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई बुधबार दिउँसो पक्राउ गरेको हो।



    महाशाखाका अनुसार उनले भन्सार छलि गरी ल्याइएका क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिहरु बिना कुनै इजाजतपत्र (लाइसेन्स) बिक्री वितरण गर्दै आएका भेटिएको छ। उनले भारतमा रहेका आफन्तमार्फत ती औषधिहरु मगाइ बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्रि बितरण गर्ने गरेको महाशाखाले जानकारी दिएको छ।

    यस्तै, पक्राउ परेका भण्डारीको साथबाट क्यान्सर रोगको उपचारमा प्रयोग हुने करिब ९ लाख मूल्य बराबरको औषधि समेत बरामद गरिएको महाशाखाले जनाएको छ।

    पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार