Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरणमा सफाइ पाएपछि अन्य डनहरुलाई पनि राहत

    पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरणमा सफाइ पाएपछि अन्य डनहरुलाई पनि राहत

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । ‘गुण्डा नाइके’ का रुपमा चिनिएका पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

    बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले नेकपा एमालेको युवा संगठन युवा संघका नेता समेत रहेका गुण्डा नाइके बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो ।



    बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । विभागले गैरकानुनी कामबाट अबैध सम्पत्ति आर्जन गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।



    विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)र सम्पत्ति शुद्धीकरण विभागले २०७० साल जेठ ५ गते बस्नेतसहित पाँच जना गुण्डा नाइकेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    सँगै मुद्दा चलाइएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवं खेलकुदमन्त्री दीपक मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

    बस्नेतले सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएपछि सोही नजिरलाई टेकेर अब अन्य डनहरुले पनि सफाइ पाउने अवस्था देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार