Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेको शक्ति खिइएपछि बाहुन डन कांग्रेसको शरणमा, जेल सर्नबाट रोकिए

    एमालेको शक्ति खिइएपछि बाहुन डन कांग्रेसको शरणमा, जेल सर्नबाट रोकिए

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । केन्द्रीय कारागारमा संजाय काटिरहेका एक गुण्डा नाइकेलाई नेपाली कांग्रेसका एक नेताले जेल सार्नबाट रोकेका छन् । लागूऔषध मुद्दामा थुनामा रहेका बाहुन डन सुजन पौडेलले जेलबाटै हप्ताअसुली र फिरौतीको धन्दा चलाएकाले उनलाई भीमफेदी वा अन्य दुर्गम क्षेत्रका कारागारमा सार्ने तयारीमा कारागार ब्यवस्थापन थियो ।

    जेलमा नाइकेका रुपमा ब्यापार गरी मासिक ५ लाख भन्दा बढी आम्दानी गर्दैआएका रमेश बाहुनका नामले पनि चिनिने उनले उक्त आम्दानी गुम्ने भएकाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रभावमा पारी केन्द्रीय कारागारमै रहने वातावरण तयार गरेको स्रोतले बताएको छ । काफ्लेले गृहमन्त्री बालकृष्ण खाँणलाई बाहुन डनलाई कारागार नसार्नका लागि पटक–पटक अनुरोध गरेको स्रोतले बताएको छ ।



    कुन्दन काफ्लेलाई कांग्रेसले स्थानीय निर्वाचन जिताउनका लागि गएको फागुनदेखि रामेछापमा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।



    नेविसंघको नेतृत्वमा हुँदा पनि कलेजहरुसँग धम्की दिने, लाखौं चन्दा माग्ने र नदिए तोडफोड र आगजनी गर्दैआएका काफ्लेलाई आगामी प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएमा जिताउनका लागि गुण्डादेखि अर्थको समेत प्रबन्ध गरिदिने प्रस्ताव बाहुन डनले गरेपछि कुन्दन काफ्लेले उनलाई केन्द्रीय कारागारमै राख्नका लागि गृहमन्त्री खाणलाई अनुनय बिनय गर्दै आएका छन् ।

    काफ्लेले एडभान्सलगायतका इन्जीनियरिङ क्याम्पसले भनेजति चन्दा नदिएपछि धम्की दिएर आजभन्दा ७ बर्षअघि नै गाडी खरिद गरेको बिषय नेविसंघमै चर्चा हुने गरेको थियो । विद्यार्थी नेता हुँदै कमाएको पैसाले उनले दोलखाको जफे नजिकै करोड लगानीमा क्रसर समेत संचालन गर्दै आएको स्रोतले बताएको छ ।

    बाहुन डन जेल पर्नुअघि एमाले रामेछापका जिल्ला कमिटी सदस्य भएका थिए । एमालेको शक्ति खिइएपछि कुन्दन काफ्लेसँग कनेक्सन मिलाएर उनी अहिले कांग्रेसतिर ढल्किएका छन् । -दृष्‍टि साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार