Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिलोक गुरुङद्वारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा

    त्रिलोक गुरुङद्वारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को आसन्न निर्वाचनका लागि व्यवसायी यमकुमार गुरुङ ‘त्रिलोक’ ले केन्द्रीय उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन्।

    आगामी दुई वर्षे (२०२१–२०२३) कार्यकालको लागि ८ बुँदे घोषणापत्र सहित गुरुङले उम्मेदवारी दिन लागेको जानकारी गराएका हुन् । ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका गुरुङ सन् २००६ देखि सन् २०११ सम्म एनआरएनए राष्ट्रिय समन्वय परिषद् हङकङको अध्यक्ष थिए ।



    सामाजिक अभियन्ता समेत रहेका गुरुङ २०११ देखि सन् २०१३ सम्म एशिया प्याशिसिफ क्षेत्रीय संयोजक हुँदै सन् २०१३ देखि सन् २०२१ सम्म सल्लाहकार थिए ।



    उमेदवारी घोषणा कार्यक्रममा गुरुङले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको निरन्तरता, नयाँ युवाहरुको सहभागिता, महिला सशक्तिकरण, कोरोना भाइरसका कारण प्रभावित क्षेत्रमा सहयोग, वैदेशिक रोजगारको व्यवस्था, संघमा प्रणालीको सुधार, नेपालमा लगानीमैत्री वातावरण र भूतपूर्व गोर्खा सैनिकहरुको हक अधिकारका लागि दबाव सृजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    एनआरएनएको अभियानमा लामो समयदेखि सक्रियपूर्वक लाग्दै आएका गुरुङलाई एनआरएनएमा काम गर्ने व्यक्तिको अभाव भएको भन्दै नेतृत्व तहमा आउन प्रतिनिधिहरूले नै दबाब र सुझाव दिंदै आएका थिए।

    एनआरएनएमा सक्षम, इमान्दार र योगदान गरेको व्यक्तिको आवश्यक रहेको भन्दै गुरुङ राम्रा र काम गर्न सक्ने व्यक्तिहरु नेतृत्व तहमा आउनुपर्ने धारणा राख्छन् ।

    एनआरएनए हङकङको दुई पटक अध्यक्ष हुँदै एसिया प्यासिफिकको संयोजक, आइसिसी सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका गुरुङले एनआरएनएको लाप्राक प्रोजेक्टमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।

    गुरुङले लाप्राकमा नमूना वस्ती निर्माणमा आफै ९ पटकसम्म पुगेर स्वयंसेवकको भूमिका निर्वाह मात्र गरेनन्, लाखौं रकम सहयोग समेत गरे । त्यसैगरी एशिया क्षेत्रबाट पनि गुरुङले २५ लाख रकम उठाएर लाप्राक पुर्याएका थिए ।

    त्यतिमात्र होइन् समाजसेवी गुरुङले भारतको अघोषित नाकावन्दीका बेला जनकपुर अस्पताललाई ७ लाख बराबरको औषधी प्रदान गरेका थिए । गुरुङले एनआरएनए चाइना र हङकङसँग सहकार्य गरी नेपालमा ब्लड ट्रान्समिसन (रक्त प्रशारण) ब्याग प्रदान गरेर उदाहरणीय काम गरेका थिए ।

    गुरुङले पछिल्लो समय नेपालमा स्याउ फार्म, बायोग्यासदेखि सोलारसम्म लगानी गरेका छन् । गोर्खा एकता इन्टरनेशनल ग्रुपमार्फत् हङकङ र मकाउमा निर्माण तथा सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका गुरुङ जब मुलुकलाई संकट पर्छ, त्यतिबेला पीडितसमक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरी उनीहरुको घाउमा मलम लगाउन तत्पर भइहाल्छन् ।

    उनको यो कामले एनआरएनएको गरिमालाई मात्रै बढाएको छैन, नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बढ्नमा सहयोग पुगिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार