Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • के अनिल कपुर जवान देखिन सर्पको रगत पिउँछन् ? अभिनेताले फर्काए जवाफ

    के अनिल कपुर जवान देखिन सर्पको रगत पिउँछन् ? अभिनेताले फर्काए जवाफ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । अनिल कपुर बलिउडका त्यस्ता अभिनेता हुन् जसको उमेर बढ्नुको सट्टा घटिरहेको जस्तो लाग्छ। उनको जवानीलाई लिएर धेरैले चर्चा गर्ने गरेका छन्।

    प्रशंसकहरु उनको जवानीको राज जान्न चाहन्छन्। तीमध्ये केही यस्ता मानिसहरु छन् जो अनिक कपुरको नाममा हरेक कुराहरु स्वीकार गर्छन्। हालै अरबाज खानको टक शो पिन्चमा अनिल कपुर देखिएका छन्।



    यस शोमा उनले आफ्नो जीवनमा जोडिएका प्रश्नहरुको उत्तर दिएका छन्। कपुरले जवान देखिनका लागि प्लास्टिक सर्जनसँग रहने र सर्पको रगत खाने गरेको भनेर आरोप लगाउनेलाई पनि जवाफ दिएका छन्।



    शोका दौरान अरबाजले उनलाई केही व्यक्तिहरुको रेकर्डेड भिडियो देखाउँछन्। भिडियोमा मानिसहरु अनिल कपुरको लुकबारे भिन्नभिन्न विचार व्यक्त गरिरहेका हुन्छन्। एक व्यक्तिले भिडियोमा भने, ‘उनलाई ब्रह्माको वदार मिलेको छ।’

    त्यस्तै अर्को एकजनाले भने, ‘मलाई लाग्छ उनी आफ्नो प्लास्टिक सर्जनसँगै रहन्छन्।’ अर्का व्यक्ति भन्छन्, ‘मलाई लाग्छ उनी जवान देखिनका लागि सर्पको रगत पिउँछन्।’

    भिडियो हेरेपछि अनिलले शोका होस्टरलाई यो भिडियो साँच्चै आएको होकि तपाईहरुले पैसा तिरेर बनाउन लगाउनुभएको भनी प्रश्न गर्छन्। ‘भनिन्छ नि दिनेवालाले धेरै कुरा दियो। जीवनमा उपरवालाले धेरै कुरा दिएको छ व्यक्तिगत अनि व्यवसायिकरुपमा। हरकोही उतारचढावबाट गुज्रिन्छन्। तर म भाग्यमानी हुँ,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार