Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • करिश्मालाई केपी ओलीले फोनमा सोधे – परिक्षा कस्तो भैरहेको छ ?

    करिश्मालाई केपी ओलीले फोनमा सोधे – परिक्षा कस्तो भैरहेको छ ?

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई ‘सरप्राइज’ फोन गरेका छन् । हाल १२ कक्षाको परीक्षा दिइरहेकी नायिका करिश्माले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी हुन ।

    उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् ।



    फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि करिश्माले उल्लेख गरेकी छिन् । करिश्माले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै केपी ओलीलाई धन्यवाद दिएकी छिन् । करिश्माले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।



    करिश्मा मानन्धरले फेशबुकमा लेखेकी छिन्-

    फोन आउदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!
    मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।
    उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
    करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
    हजुर ठिक छ सर !!
    तपाई के पि ओलि ?????
    अ हो बिश्वस लागेन !!!

    अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।
    आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो
    मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार