Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बतासको अबैध लगानीभित्र पस्यो संसदिय समिति, मणिपाल खरिद बिक्रीको कागजात माग

    बतासको अबैध लगानीभित्र पस्यो संसदिय समिति, मणिपाल खरिद बिक्रीको कागजात माग

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बतास समूहको अवैध लगानीमा रहेको मणिपाल शिक्षण अस्पतालमा चासो राखेको छ।

    आइतबार बसेको समितिको बैठकले भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको उक्त अस्पताल बतास समूहले लिएपछि किनबेचको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ।



    बैठकले मणिपालको शेयर किनबेचको कागजातउपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।



    कुल १० लाख स्क्यायर फिटमा रहेको अस्पतालको ६० रोपनी जग्गा आफ्नै छ भने १५० रोपनी जमिन भने लिजमा रहेको छ । हाल अस्पताल ७५० शैया रहेका छन् ।

    सन् १९९४ बाट सञ्चालनमा आएको यो मेडिकल कलेज नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो मेडिकल कलेज हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार