Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जनताको रक्षाका लागि थप संवेदनशील कदम चाल्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

    जनताको रक्षाका लागि थप संवेदनशील कदम चाल्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्र र जनताको हक हित रक्षाका लागि थप संवेदनशील कदम चाल्न प्रहरीलाई निर्देशन दिएका छन्।

    बुधबार ६६ औं प्रहरी दिवसको अबसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा शुभकामना संदेश ब्यक्त गर्दै मन्त्री खाँणले यस्तो निर्देशन दिएका हुन्।



    यस्तै, मन्त्री खाँणले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन प्रहरीले उल्लेख्य भूमिका खेलेको भन्दै थप प्रशंसा गरे।



    यसैगरी बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्दार, राहत र व्यवस्थापनका लागि तथा कोभिड-१९ को महामारीको समयमा संक्रमणको प्रवाह नगरी अग्रपंक्तिमा प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि प्रहरीले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको थप चर्चा गरे।

    उक्त अवसरमा गृहमन्त्री खाण, महान्यायाधिवक्ता, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरुहरुको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार