Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ९ जनाद्वारा ३ बालिका बलात्कृत प्रकरण : ५ फरार आरोपित र भगाउन सहयोग गर्ने ६ जना पक्राउ

    ९ जनाद्वारा ३ बालिका बलात्कृत प्रकरण : ५ फरार आरोपित र भगाउन सहयोग गर्ने ६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    सिन्धुली । सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीनजनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।



    अरू छ जना घटनापश्चात् फरार भएकामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



    पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोही दिन कमलामाई नगरपालिका–५ बोझे घर भएका २२ वर्षीया हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

    साथै घटनापश्चात् फरार रहेका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मिलन लामा र विश्व राई फरार रहेका थिए । फरारमध्ये कमलामाई–५ बोजेका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन र २१ वर्षीय मिलन लामालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

    सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

    फरार रहेका आरोपित आकाश मगर बर्दिबासबाट भक्तपुरमा लुकिछिपी बस्दै आएकामा भक्तपुरमा खोजी गर्दा पुनः सिन्धुलीतर्फ आउँदै गरेको अवस्थामा कात्तिक ७ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटबाट पक्राउ गरिएको उनले जानकारी दिए । घटनामा संलग्न फरार रहेका विश्व राईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    साथै घटनापश्चात आरोपितलाई भगाउन सहयोग गर्ने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई–५ बोजेका सञ्जीव मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई–४ का शिव देवकोटा, कमलामाई–६ का मेघबहादुर श्रेष्ठ र सर्लाहीको हरिवन–८ ईश्वर आलेलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।

    आरोपित भगाउन प्रयोग भएको बा१०च १८३६ नंको स्कार्पियो, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नंको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार