Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कुमारी बैंकको १९ करोड र गायक अमात्यको जग्गा सुरक्षित, गलत हल्लाको पछि नलाग्न बैंकको आग्रह

    कुमारी बैंकको १९ करोड र गायक अमात्यको जग्गा सुरक्षित, गलत हल्लाको पछि नलाग्न बैंकको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा तथा कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण स्वीकृत भएको विषयले यतिबेला बैंकिङ क्षेत्रमा हलचल मच्चाएको छ ।

    अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ विगाहा जग्गाको नक्कली लालपूर्जा तथा अन्य कागजात बनाएर १९ करोड ऋण कुमारी बैंकबाट लिएको भन्दै समाचार भाइरल बन्यो ।



    उक्त कार्यमा बैंककै संलग्नता रहेको भन्दै अनुसन्धान पनि शुरु भइसकेको छ । यद्यपी हालसम्म बैंकले गलत गरेको नभेटिएको नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाइसकेको छ ।



    उक्त जग्गा राखेर ऋण स्वीकृत गरी ऋण लगानी गरिसकेको अवस्थामा सम्पूर्ण कागजात नक्कली भन्ने पत्ता लाग्ने वित्तिकै बैंकले उक्त ऋण असुलउपर गरिसकेको छ । जसले गर्दा नागरिकको निक्षेप सुरक्षित रहेको बैंकले जनाएको छ । त्यसैले पनि यो घटनामा बैंक दोषी देखिने सम्भावना न्यून छ ।

    र, पनि बैंकलाई विवादमा ल्याउने खालका समाचार आइरहेकोप्रति कुमारी बैंकले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनाले ऋण लिंदा प्रयोग भएको किर्ते कागजातको विषयमा थाहा भएलगत्तै बैंकको पैसा जोगाउने काममा आफूहरु केन्द्रीत भएको बताइसकेका छन् ।

    योगेश्वर अमात्यको जग्गा पनि सुरक्षित रहेको र आफ्नो पैसा सुरक्षीत रहेको भन्दै उनले मालपोतको कीर्ते कागजात बनाएर भएको उक्त घटनामा बैंकको कुनै दोष नरहेको दावी गरे ।

    नक्कली डकुमेन्ट पेश गरेर लगेको ऋण बैंकले तुरुन्तै असुलउपर गरिक्दा पनि बाहिर भने कुमारी बैंकमा जम्मा भएको आमनागरिकको निक्षेप सुरक्षित नभएको भन्दै प्रचार भएको भइरहेकोप्रति बैंकले आपत्ति जनाएको हो ।

    कुमारीले बैंकले नागरिकहरुको रकम सुरक्षित रहेको भन्दै ऋण असुलउपर गरेर उक्त प्रकृया रद्द गराइसकेको जनाएको छ ।

    यसबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले समेत अहिलेसम्मको अनुसन्धानमा बैंकको गलत नियत नदेखिएको जनाइसकेको छ ।

    यता, नेपाल राष्ट्र बैंकले पनि कीर्ते कागजात पेश गरी ऋण प्रकृया अगाडि बढाएको थाहा पाएलगत्तै कुमारी बैंकले आम नागरिकको पैसा सुरक्षित गरिसकेको हुँदा बैंकको नियत खराब नदेखिएको जनाएको स्रोतको दावी छ । उक्त घटनामा व्यबस्थापन पक्षको मिलेमतो नदेखिएको राष्ट्र बैंक स्रोतको दावी छ ।

    कुमारी बैंकका उच्च अधिकारीहरुलाई यो विषयमा तान्न खोजिएपनि कीर्ते कागजात प्रयोग भएको विषय थाहा पाएलगत्तै बैंकले आम नागरिकको पैसा जोगाउने काम गरिसकेकाले बैंकमाथि कारबाही हुने सम्भावना क्षीण छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार