Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ए डिभिजन लिग: संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै

    ए डिभिजन लिग: संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत  आज शनिबार दुई खेलहरु हुँदैछन् ।

    दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब आमने सामने हुनेछन् ।



    यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।



    शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा हुनेछ भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रनेछ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने दाउमा हुनेछन् ।

    यसैगरी, थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।

    यसअघि शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार