Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान (सूचनासहित)

    राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान (सूचनासहित)

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि दरखास्त आह्वान भएको छ।

    शनिबार युवा तथा खेलकुद मन्त्रालयले एक सूचना प्रकाशित गर्दै राखेप सचस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो।



    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ।



    यस्तै, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्तिले राखेप सदस्य सचिवका लागि दरखास्त दिन सक्ने मन्त्रालयले जानकारी दिएको छ।

    सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

    सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो । सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन समेत गरेको थियो ।

    हेर्नुहोस् सूचना:

    राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिवको नियुक्तिको लागि दरखास्त आव्हान सम्बन्धी सूचना

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार