Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वेडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घण्टापछि नै दिइन् राजीनामा

    स्वेडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घण्टापछि नै दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले राजीनामा दिएकी छिन्। मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी हुन्।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन्। तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।



    राजीनामापछि एन्डरसनले भनिन्, ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ।’ उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन्। ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार