Online Nepal
  • आइतबार, ९ माघ २०७८
  • बैतडीमा मेला हेर्न गएका व्यक्तिको हत्या !

    बैतडीमा मेला हेर्न गएका व्यक्तिको हत्या !

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.7K
    SHARES

    बैतडी । मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा आज दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिङ्ग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।



    बाटोबाट करिब २५० मिटर तल भिरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनले, “बोहराको कसरी मृत्यु भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन, प्रहरी टोली घटनास्थल पुगेपछि र अनुसन्धानपछि थप कुरा थाहा हुन्छ, प्रहरी टोली भोलिमात्रै त्यहाँ पुग्छ होला ।”

    यता बोहराका आफन्तले भने हत्याको आशङ्का गरेका छन् । उनीहरुले घटनाको विषयमा छानबिन गर्नुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार