Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • देउवालाई जिताउन महामन्त्रीमा दाबी छाडेँ : खाँड

    देउवालाई जिताउन महामन्त्रीमा दाबी छाडेँ : खाँड

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्यका उम्मेदवार बालकृष्ण खाँणले प्रधानमन्त्री समेत रहेका वर्तमान सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जिताउन आफू ‘ब्याक’ भएको बताएका छन् ।

    निर्वाचनको पहिलो चरणमै आफूहरूले जित्ने दाबी गर्दै मतदानपछि नेता खाँणले दोस्रो चरणको चुनावमा जानु नपर्ने ठोकुवा गरे ।



    महाधिवेशनभन्दा अघि नेता खाँणले महामन्त्रीमा उम्मेदवारी दिने चर्चा थियो । यसबारे पत्रकारहरुले राखेको जिज्ञासामा खाँडले सभापति पदका देउवालाई जिताउन आफूले महामन्त्रीमा उम्मेदवारी दाबी छोडको बताएका हुन् ।



    उनले भने–‘पुस्तान्तरणको कुरा बहसमा छ तर पार्टीमा अहिले पुस्तान्तरण हैन रूपान्तरण गरेर आगामी तीन तहको चुनावमा जिताउन सक्ने भूमिका खेल्नसक्ने नेता चाहिएको छ। मैले सभापतिलाई जिताउन महामन्त्रीमा दाबी छाडें ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार