Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

    अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ ।

    विमान मङ्ग्रोभ पछाडि हराएको थियो।चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो ।



    क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन् । विमानतर्फ गोताखोरहरू पठाइएको छ ।’



    घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, ‘विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोरहरू परिचालन गरिएका छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार