Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतीय बक्सअफिसमा ‘पुष्पा’को रेकर्ड ब्रेक व्यापार, चार दिनमै कमायो १२० करोड भारु

    भारतीय बक्सअफिसमा ‘पुष्पा’को रेकर्ड ब्रेक व्यापार, चार दिनमै कमायो १२० करोड भारु

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । गत शुक्रवारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लुअर्जुन अभिनित फिल्म ‘पुष्पा’ ले भारतीय बक्सअफिसमा रेकर्ड राखेको छ ।

    भारतीय मिडियाहरुका अनुसार हिन्दी डबमा समेत राम्रो कमाई गरिरहेको फिल्मले तमिल, तेलुगू, कन्नड र मलालयम भाषामा रेकर्ड ब्रेक व्यापार गरेको छ । प्रदर्शनको चार दिनमा फिल्मले भारतमा मात्र १ सय २० करोड भारुको कमाई गरेको बताइएको छ।



    बक्सअफिस ट्रेक ह्यान्डल सिनेट्रेकका अनुसार, विश्व बक्सअफिसमा ‘पुष्पा’ ले तेस्रो स्थान बनाएको छ । भारतमा प्रदर्शनको चार दिनमा १ सय २० करोड छापेको फिल्मले अन्तर्राष्ट्रिय बजारमा २० करोड कमाएको सिनेट्रेकले उल्लेख गरेको छ । फिल्मले चार दिनमै विश्वभरबाट १ सय ४० करोड ७ लाख कमाएको छ । फिल्मले विदेशमा सबैभन्दा बढी नर्थ अमेरिकामा कमाई गरेको छ ।



    रक्त चन्दनको तस्करी कथामा निर्माण भएको फिल्मलाई दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्ममा अल्लुअर्जुन र रश्मिका मन्दाना मुख्य भूमिकामा देखिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार